Logo

सत्ता गठबन्धनको कार्यदलको बैठक सुरु, सिट बाँडफाँडबारे छलफल



काठमाडौं, २३ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल थालेको छ । सिट बाँडफाँडकै लागि छलफ गर्न गठित कार्यदलको बैठक अहिले जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक जारी छ । सो बैठकमा संघ र प्रदेशको निर्वाचनको लागि गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल भएको छ । कार्यदलको बैठक बस्नुअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीका शीर्ष नेताहरुसँग सिट बाँडफाँडमा कसरी जाने भन्नेबारे छुट्टै छलफल गरेका थिए ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ छन् । नेकपा (एकीकृत समाजवादी) बाट महासचिव वेदुराम भुषाल र प्रमेश हमाल छन् । उता, जसपाबाट भने रायसहाय यादव र रकम चेम्जोङ छन् । जनमोर्चाबाट भने सांसद दुर्गा पौडेल छिन् । file photo



प्रतिक्रिया दिनुहोस्