Logo

काठमाडौंमा यसरी मनाईयो जनै पूर्णिमा (फोटोफिचर)



काठमाडौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी मनाईएको छ । आज रक्षाबन्धन पनि हो ।

आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ ।

सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ ।

आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ । काठमाडौंको पशुपतिमा जनै पूर्णिमा मनाउनेहरुको ठूलो भीड लागेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्