Logo

माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)



काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’

आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ । दाहालले जनताको आकर्षण आफ्नो पार्टीप्रति व्यापक रुपमा बढेको सुनाए । साथै, उनले अहिलेपनि वाम एकताको प्रयास पनि जारी रहेको सुनाए ।

उनले भने,‘ वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना छ, पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’ उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन गरिने पनि सुनाए । उनले पार्टीका नयाँ विचार र कार्यदिशालाई दृष्टिगत गरेर नेताहरु अघि बढ्न आवश्यक रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्