Logo

विज्ञान पत्रकारिता मञ्चको अध्यक्षमा पोखरेल



काठमाडौँ,२९ साउन । विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।

राजधानीमा सम्पन्न मञ्चको नवौँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अङ्ग्रेजी दैनिक दि हिमालयन टाइम्सका निमित्त सम्पादक छन् । मञ्चको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सदस्यमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी छानिएको मञ्चले जनाएको छ । मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

मञ्चका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डङ्गोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको कार्यक्रम समिति गठन गरिएको छ । समितिले मञ्चको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवद्र्घन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्