Logo

मेयर बालेन शाहलाई एमालेसँग सहकार्य गर्न योगेश भट्टराईको प्रस्ताव (भिडिओसहित)



काठमाडौं, २९ साउन । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको सरकारको भर नपर्न काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर व्यवस्थापन वर्तमान सरकारले गर्न नसक्ने भन्दै एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएकाले मेयर शाहलाई पनि आफ्नो योजना लिएर आए सम्पूर्ण हिसाबमा पार्टीले सहयोग गर्ने बताएका हुन् ।

उनले सरकारले फोहोर व्यवस्थापनका लागि केही गर्न नसक्ने र सरकारको भर परे मेयर शाह पनि असफल हुने ठोकुवा गरे । उनले सरकारका मन्त्रीहरु काठमाडौंको फोहोर व्यवस्थापनबारे बेखबर रहेको आरोप लगाए । उनले सांस्कृतिक शहर काठमाडौंलाई सबै मिलेर बचाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्