Logo

काठमाडौंको फोहोर उठाउन एक्शनमा उत्रियो युवा संघ नेपाल (फोटोफिचर)



काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपाल काठमाडौंको फोहोर व्यवस्थापनमा खटिएको छ । संगठनले आज (सोमबार) नयाँ बानेश्वरमा फोहोर संकलन गरेको हो ।

युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनेका हुन् । संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर सफाइ गरेको हो ।

उनीहरुले फोहोर व्यवस्थापन गर्दा ध्यानपूर्वक गर्नुपर्ने सन्देशसहित व्यवस्थित रुपमा सफाई कार्यक्रम गरेका तस्वीरमा देख्न सकिन्छ । आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी उनीहरु फोहोर संकलनमा उत्रिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्