Logo

बाबुराम मिलेपछि प्रचण्डले उत्साही हुँदै भनेः हामी उभियौं कसैले रोकेर रोकिदैँन



काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँग मिलेर जाने भएको सहमतिलाई निकै ठूलो विषय भएको बताएका छन् । उनले एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति भएको र आफूहरुलाई कसैले रोकेर नरोकिने समेत बताए ।

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ ,’ प्रचण्डले सञ्चारकर्मीको प्रश्नमा भने,‘अब हामीलाई कसैले रोकेर रोकिँदैन ।’ उनले चुनाव पछिाडि एउटै केन्द्र बनाउने समझदारी भएको खुलासा समेत गरे । त्यस्तो केन्द्र नेकपा वा अन्य नाम हुनसक्ने बताए ।

पूर्वमाओवादी नेता डा. भट्टराई प्रचण्डसँग वर्षौंपछि एकै ठाउँमा उभिएका हुन् । यसलाई उनी पुरानै घर माओवादीमा फर्किएको टिप्पणी गर्नेहरु पनि छन् । तर, बाबुरामले कम्युनिस्ट सिद्धान्त परित्याग गरिसकेका छन् । प्रचण्ड भने त्याग्न तयार छैनन् ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्