Logo

कांग्रेस महामन्त्री शर्माको झापाबाटै चुनाव लड्ने घोषणा



काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू काठमाडौंबाट नभई झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । आज (बुधबार) ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्‘फेरि प्रस्ट्याउँ-वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो !, काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छुनै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि शर्मा काठमाडौं क्षेत्र नम्बर-५ बाट चुनाव लड्ने चर्चा चलेको थियो । तर, शर्माले भने त्यस्तो हल्लामा सत्यता नभएको भन्दै प्रष्ट्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्