Logo

युवा नेता रावलले दिए कांग्रेसबाट राजीनामा



काठमाडौं, २ भदौ । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । आज एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले राजीनामा दिएको रावलले जानकारी दिए ।

उनले आजकै मितिदेखि बर्दिया क्षेत्र न २को महाधिवेशन प्रतिनिधि, केन्द्रीय खेलकुद तथा युवा बिभागको सदस्यबाट राजीनामा दिएको जनाएका छन् । युवा नेता रावलले बी.बी.बी. अर्थात ‘बेटर एण्ड बिगर बर्दिया’ अभियान सञ्चालन गरेका थिए ।

बिकसित, ब्यवस्थित बर्दिया बनाउने अभियानमा सहयोग नपाएको, जनताको समस्या लिएर मन्त्रालय धाँउदा कांग्रेसकै मन्त्रीहरुले वेवास्ता गरेको, बर्दियाका कांग्रेस नेताहरुले पनि असहयोग गरेको जस्ता कारणले आँफू पार्टी छोड्न बाध्य भएको रावलले जानकारी दिए ।

बन्यजन्तु र मानव बिचको अन्तरद्धन्द्ध कम गर्नका लागि प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाई नभएको जस्ता कारण पार्टी त्याग्न बाध्य भएको रावलले जानकारी दिएका छन् । बर्दियाकै कतिपय कांग्रेस नेताहरु विनय रावल अघि बढे आफूू पछि परिन्छ भन्ने सोचेर पनि बालुवाटारदेखि सिंहदरवारसम्म निषेध गर्न खोजेकोले बाध्य भएर पार्टीबाट अलग हुनुपरेको रावलले जानकारी दिए । रावल छिट्टै राप्रपा प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । उनी राप्रपाबाटै बर्दिया २ बाट चुनाव लड्ने चर्चा चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्