Logo

माओवादीमा पदाधिकारी पेचिलो बन्यो, महासचिवमा यी नेताको दाबी



काठमाडौं, ३ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी चयनको विषय पेचिलो बनेको छ ।

महासचिवमा धेरै नेताहरुले दाबी प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म पदाधिकारी टुँगो लगाउन सकेका छैनन् ।

आज विहानै पदाधिकारी टुँगो लगाउनेगरि दाहालले तयारी गरेका थिए ।

तर, बैठकमा सहभागी एक नेताकाअनुसार महासचिवमा आधा दर्जन नेताले दाबी गरेपछि यो विषय पेचिलो बनेको हो ।

आज (शुक्रबार) विहान बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी गरेका थिए ।

अध्यक्ष दाहालले गुरुङलाई अघि सार्नेगरि तयारी गरेको भएपनि अन्तिममा पुन र शर्माले छुट्टाछुट्टै रुपमा भेटेर आफूलाई महासचिव नबनाईए ठीक नहुने तवरले चेतावनी दिएपछि उनी ब्याक भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्