Logo

माओवादीकै नेतृत्वमा समाजवादाी क्रान्ति हुने कुरालाई दुनियाँको कुनै तागतले रोक्ने छैन् : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले वाईसिएललाई सामान्य जनवर्गीय संगठनको रुपमा मात्रै नहेरेको बताएका छन् । उनले वाईसिएलका नेता तथा कार्यकर्ताहरुलाई वैचारिक रुपमा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

विगतजस्तो आफ्नो स्पिरिट कायम गर्न सके आफूहरुको विजय यात्रालाई कसैले पनि रोक्न नसक्ने दाहालको दाबी थियो । उनले नेपालमा समाजवादी क्रान्ति माओवादीकै नेतृत्वमा हुने कुरालाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरे ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित वाईसीएलको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले वाईसीएललाई शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएका छन् । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्