Logo

महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित बालकोट सडक खण्डको बाटो विस्तार कार्य आजदेखि सुरु



ललितपुर, ३ भदौ । ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित बालकोट सडक खण्ड अन्तर्गत मोतिचोकदेखि भगवती मन्दिर चोकसम्म २६ फिट बाटो विस्तार कार्य आजबाट सुरु भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र के.सी (राजि), सदस्य अमुल्य रानालगायतको पहलमा बाटो विस्तारको काम अघि बढाइएको हो । वडा अध्यक्ष कपिल केसी लगाएतका व्यक्तिहरुको उपस्थितिमा सिमाङ्कन अनुसार बाटोको दायाँबायाँ बाल लगाउने कार्यको सुरुवात गरेका हुन ।

बालकुमारी बालकोट सडक खण्ड विस्तार तथा मर्मत उपभोक्ता समितिका अध्यक्ष केसीको नेतृत्वमा १५ दिन अगाडी बाक्लो सवारी साधनको आवातजावतले दैनिक सडक जाम भएकोले समयमै गन्तव्यमा पुग्न सास्ती भोगिरहेको भन्दै बाटो विस्तारको लागि निवेदन दिएका थिए ।

उपभोक्ता समितिले दिएका निवेदनमाथि वडा अध्यक्ष कपिल के.सीले सहमतिमा बाटो बिस्तार गरि २२ फिट बाट २६ फिट बनाउन अनुमति पाए संगै उक्त उपभोक्ता समितिले सुचना जारी गर्दै बाटो सिमाङ्कन गरेको थियो । सिमाङ्कन पश्चात् समितिले स्थानीय उपभोक्ताहरुको सहमति र उपस्थितिमा जेसिबी चलाई बाटो बिस्तार गरेको समितिका सदस्य अमुल्य रानाले बताए ।

बालकुमारी बालकोट सडक खण्ड भक्तपुर तर्फ दुई बर्ष अघि नै १० मिटर कायम भै पिजको काम समेत सम्पन्न भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्