Logo

विष्णु पौडेलसँग राजेन्द्र महतोको निर्णायक वार्ता



काठमाडौं, ११ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेसँग चुनावी सहकार्य गर्ने लोसपाको तयारी छ । तर, अहिलेसम्म सिट बाँडफाँटबारे दुई दलबीच ठोस सहमति हुन सकेको छैन् ।

निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्दैछ । त्योभन्दा अघि नै दलहरु चुनावी सहकार्यको लागि आपसमा छलफलमा जुटेका छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग चुनावी सहकार्यको लािग आज उपाध्यक्ष विष्णु पौडेलसँग छलफल गर्ने भएका छन् । महतो धनुषा ३ बाट चुनाव लड्ने चर्चा छ ।

उक्त क्षेत्रबाट एमाले नेतृ जुलीकुमारी महतो चुनाव लड्ने पक्कापक्की छ । लोसपाले एमालेसँग तालमेलको लागि वार्ता समितिपनि गठन गरेको छ । तर, अहिलेसम्म सो समितिले कुनै छलफल गरेको छैन् । लोसपा नेता महतो आँफै एमालेसँग वार्ताको लागि अग्रसर बनेका छन् । लोसपाले मधेशमा १० सिटमा दाबी गरेको छ । तर, एमालेले ३ देखि ५ सिट मात्रै दिने अडान लिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्