Logo

सिट बाँडफाँट आज टुँगो लगाउनेगरि गठबन्धनका शीर्ष नेताहरु बालुवाटार भेला



काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन् । शीर्ष नेताहरुले १३५ सिटमा सहमति भैसकेको दाबी गरेपनि अहिलेपनि ती क्षेत्रमा आ–आफ्नो दलको दाबी रहेको बताईएको छ ।

जसपाका प्रभावशाली नेता ताथ संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले पनि प्रतिनिधिसभाको १६५ सिटमध्ये १३५ सिटमा सहमति भैसकेको दाबी गरेका छन् । अहिले गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकले आज बाँकी सिटमा सहमति जुटाउने बताईएको छ ।

सिट बाँडफाँटको कारण गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस आँफै सकसमा परेको छ । कांग्रेसमा शेखर कोइराला पक्षले विद्रोह गर्ने चेतावनी दिईसकेको छ । आजपनि कोइराला समूहको छुट्टै भेला बसेको छ । file photo



प्रतिक्रिया दिनुहोस्