Logo

महत र केसी परिवारबाट नुवाकोटको विकास नभएको भन्दै बहादुरसिंह लामाको डिमाण्ड, नुवाकोट–२ बाट चुनाव लड्न दबाब



काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु तयारीका साथ अघि बढेका छन् । सत्ता गठबन्धन यतिवेला सिट बाँडफाँटबारे अन्तिम गृहकार्यमा जुटेको छ । नेपालको राष्ट्रिय राजनीतिमा सधैं प्रभाव जमाउने नुवाकोटमा यसपटकको निर्वाचनमा कांग्रेसबाट कसले टिकट पाउला ? भन्ने नै प्रष्ट भएको छैन् ।

गठबन्धनमा सहमति भएर जाँदा दुई वटा क्षेत्रमा एउटा कांग्रेसले र अर्को गठबन्धनले पाउने निश्चित् छ । कांग्रेसले पाउने सिटमा यसपटक जनताले बहादुरसिंह लामालाई अघि सार्ने तयारी गरेका छन् । नुवाकोट–२ कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो ।

नुवाकोटका जनताले यसपटक महत र केसी परिवारभन्दापनि लामालाई नै अघि सार्नुपर्ने भन्दै नेतृत्वसमक्ष दबाब सिर्जना गर्न थालेका छन् । विकासवादी नेताको छवि बनाएका लामा जिल्लाको समग्र विकासमा सधैं अग्रपँक्तिमा रहेर खटिने गरेका छन् । यो क्षेत्रमा नेता अर्जुननरसिंह केसीले पनि चुनाव लड्न चाहेको चर्चा छ ।

तर, उनलाई भन्दापनि अहिले सो क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ता र आम जनताले लामालाई नै प्रत्यक्षमा लड्नुपर्ने दबाब दिन थालेका छन् । ०७४ को चुनावमा नेता केसी प्रत्यक्ष निर्वाचन लडेका थिए भने लामा समानुपातिक कोटाबाट सांसद बनेका थिए । लामा भने यसपटक प्रत्यक्षमा नै लड्नेगरि तयारीमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्