Logo

बलात्कारको आरोप लागेका सन्दिप लामिछाने असोज २० गते नेपाल आएर प्रहरीसामू आत्मसमर्पण गर्ने



काठमाडौं, १५ असोज । नाबालिग बलात्कार आरोपमा फरार रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यही असोज २० गते नेपाल आउने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफू अक्टोवर ६ मा नेपाल आउने र प्रहरीसामू उपस्थित् हुने बताएका छन् ।

लामिछानेमाथि एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएकी छिन् । प्रहरीले अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । उनी लामो समयदेखि विदेशमै लुकेका कारण प्रहरीले ईन्टरपोलको सहायतामा विदेशबाटै पक्राउको तयारी गरेको थियो ।

लामिछानेले आफूमाथि लागेको आरोप असत्य र कपोकल्पित भएको दाबी गर्दै आएका छन् । उनले आफूले यसबारेमा कानूनी लडाईं लड्ने पनि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्