Logo

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले शपथ लिए



काठमाडौं, १५ असोज । नेपालका लागि आगामी अमेरिकी राजदूतको रूपमा नियुक्त भएका डिन थम्प्सनले शपथ लिएका छन् ।

नेपालस्थित् अमेरिकी दूतावासले आफ्नो फेशबुक पेजमार्फत सो कुराको जानकारी गराएको छ ।

हालका राजदूत र्याण्डी डब्लु. बेरी आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका छन् ।

उनले यसअघि नै नेपालका विभिन्न व्यक्तित्वहरुसँग विदाई भेटवार्तासमेत गरेका छन् ।

नेपालका लागि नयाँ अमेरिकी राजदूतको रुपमा उनै थम्प्सन आउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्