Logo

काठमाडौंमा दसैंको लागि खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड (फोटोफिचर)



काठमाडौं, १५ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ ।

साथै कलंकी नजिकैको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्याङ्ग्रा बिक्री भइरहेका छन् । चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको छ । काठमाडौंका थापाथली, बागबजार–खसिबजार, प्रदर्शनीमार्गस्थित् क्याम्पस रोडमा खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड लागेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्