Logo

चितवनमा घेराबन्दी भएकाले प्रचण्डलाई गाेरखा सहज हुन्छ: हरिबाेल गजुरेल



काठमाडौं, १९ असाेज। नेकपा (माअाेवादी केन्द्र) का उपमहासचिव हरिबाेल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाेरखाबाट उठे आश्चर्य नहुने बताएका छन्।

“चितवनमा प्रचण्डलाई घेराबन्दी छ। चुनाैती भएपछि मिहिनेत गर्नुपर्ने हुन्छ। चितवनमा धेरै समय दिँदा अन्य ठाउँकाे प्रचारमा असर गर्छ। प्रचण्ड कहीं पनि दाेहाेरिएर नउठेकाले गाेरखा जाँदा कुनै आश्चर्य हुँदैन,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने।

नेता गजुरेलले प्रचण्डका लागि गाेरखा वा सिन्धुली सहज हुने पनि आैंल्याए। उनले थपे, “शतप्रतिशत निर्क्याैल त भएकाे छैन। तर उहाँका लागि गाेरखा वा सिन्धुली सहज हुन्छ।”

आफू नेतृत्वका लागि सिन्धुली छाड्न तयार रहेकाे पनि उनले बताए। मधेसमा दाेहाेराे तेहेराे दाबी भएकाले गठबन्धनमा सिट बाँडफाँट जटिल रहेकाे तर आज बेलुकीसम्म टुंगिने विश्वास पनि गजुरेलले व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्