Logo

सन्दिप लामिछाने एयरपोर्टबाटै पक्राउ



काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतारको दोहा हुँदै काठमाडौं ओर्लिएका लामिछानेलाई काठमाडौं विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

उनी आज (बिहीबार) विहान १०ः३० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

Photo Source: Routine of Nepal Banda



प्रतिक्रिया दिनुहोस्