Logo

जसपा विभाजनको संघारमा, गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन



काठमाडौं, २१ असोज । जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने अडान लिएपछि विवाद सुरु भएको हो ।

केहीले भने गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अडान लिएका थिए । बैठकमा सहभागी एक नेताकाअनुसार यही विवादका कारण पार्टी नै विभाजनको मुखमा पुगेको छ। हिजो मध्यराति जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गरेका थिए ।

सो छलफलमा सिट बाँडफाँटबारे सहमति भएको बताईएको छ। मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ १६ १६ सिट लिने र प्रदेश सभातर्फ ३२ ३२ सिट लिने सहमति भएको छ । तर, केही सिटमा भने मित्रवत् प्रतिष्पर्धा गरिने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्