Logo

चितवन-३ मा त्रिपक्षीय भीडन्त : दिनेश कोइरालाको अग्रता, विक्रम पाण्डे र अधिकारी पछ्याउँदै



काठमाडौं, ५ मंसिर । चितवन-३ मा मतगणना जारी छ । अहिलेसम्म ११५५ मत गणना सम्पन्न हुँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरलाले २९६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई राप्रपाका विक्रम पाण्डेले पछ्याएका छन् ।

पाण्डेले २६५ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीले २५५ मत ल्याएर कोइराला र पाण्डेलाई चूनौति थपेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४६ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्