Logo

झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित



काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।

उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए ।

लिङदेन र सिटौलाबीच ३२७६ मतको अन्तर छ । ०७४मा पनि लिङ्देन नै सोही क्षेत्रबाट विजयी भएका थिए ।

त्यतिवेला पनि उनले सिटौलालाई नै पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्