Logo

कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्छ, अबको प्रधानमन्त्री देउवा नै हो : गच्छदार



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थायित्वको लागि कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले अहिलेको चुनावी परिणाम हेर्दा राजनीतिक अस्थिरताको संकेत गरेको पनि टिप्पणी गरेका छन् ।

मुलुकलाई अस्थिरताबाट उन्मुक्ति दिनको लागि पनि कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्नेमा उनको जोड हो ।

पछिल्लो समय दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने आवा उठेको बेलामा गच्छदारको यस्तो भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस्