Logo

नेपाल रेमिट इन्टरनेशनल प्रालिको सिईओमा सागर खनाल नियुक्त



काठमाडौं, २२ मंसिर । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त भएका छन् ।

२९ वर्पीय चार्टर्ड एकाउण्टेन्ट खनालको रेमिट्यान्स् क्षेत्रमा झण्डै एक दशकको अनुभव छ ।

खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरेका हुन् ।

आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिइने बताएका छन् ।

विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनलले डिजिटल रेमिट्यान्समा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्