Logo

भारतीय दूतावासको सांगीतिक साँझमा नेपालका विशिष्ट व्यक्तित्वहरुको सहभागिता (फोटोफिचर)



काठमाडौं, ६ माघ । नेपालस्थित भारतीय दूतावासले आज सांगीतिक साँझको आयोजना गरेको छ । सो साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी भएका छन् । उनको साथै, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई पनि सहभागी थिए ।

कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतको उपस्थिति थियो । सो क्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो । दूतावासले हिजोमात्रै काठमाडौंमा ७५औं आर्मी डे पनि मनाएको थियो । तस्विर स्रोत : बालकोट फेशबुक पेज



प्रतिक्रिया दिनुहोस्