Logo

ओलीको प्रश्न : …देशतिर कसले ध्यान दिने?



काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशतिर कसले ध्यान दिनेभन्दै प्रश्न सोधेका छन्।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकारमा हुनेको ध्यान टिक्नेमा र नहुनेको ध्यान ढाल्नेमा हुनेभन्दै देशतिर कसले ध्यान दिने बताएका छन्।

उनले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस्। सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ। सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ। देशतिर कसले ध्यान दिने? यो खालको अवस्थाबाट चाहिँ हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ। त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ। त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौं। हामी त्यसलाई ठिक बाटोमा लैजाने कासिसमा छौं।’



प्रतिक्रिया दिनुहोस्