Logo

एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको संकेत, बाबुरामलाई अघि सार्ने तयारी



काठमाडौं, १२ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति पद एमालेलाई नदिने निश्कर्षमा पुगेका छन् । पार्टीको आज बसेको स्थायी कमिटी बैठकमा दाहालले यस्तो संकेत गरेका छन् । एक नेताकाअनुसार उनले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धनको सन्तुलन बिग्रनसक्ने आँकलन गरेका छन् ।

१० पुषमा प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र माओवादीबीच राष्ट्रपति एमालेले लिने सहमति भएको चर्चा थियो । तर, प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएपछि भने स्थितिमा फेरबदल आएको छ ।

२६ पुषमा संसदमा विश्वासको लिँदा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि मत दिएको थियो । सोही दिनदेखि दाहालले राष्टिय सहमतिको आवश्यकत्ता औंल्याएका छन् । उनी महत्वपूर्ण पदमा सन्तुलन मिलाउनुपर्ने पक्षमा छन् । माओवादीबाट आफू प्रधानमन्त्री भएका दाहाल राष्ट्रपति एमालेलाई दिने पक्षमा छैनन् ।

एमालेले सभामुख पाइसकेको छ । अब राष्ट्रपति पनि पायो भने शक्ति सन्तुलन खल्बलिने उनको बुझाई छ । माओवादी केन्द्रभित्र पनि एमालेलाई राष्ट्रपति दिन नहुने आवाज उठेको छ। राष्ट्रपतिमा दाहालले सवैलाई मान्य हुने साझा व्यक्तिको खोजी गरेका छन् । उनी आफ्ना पूर्व सहकर्मी बाबुराम भट्टराईलाई राष्टपति बनाउने पक्षमा छन् ।

बाबुराम पनि आफूलाई सबैको साझा व्यक्तिको रुपमा प्रस्ताव आए त्यो जिम्मेवारी लिन तयार रहेको बताईसकेका छन् । आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि ओलीले दाहालसँग राष्ट्रपतिको निर्वाचनबारे चासो राखेका थिए । कांग्रेस नेतृत्व भने राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा प्रचण्डले आफूहरुसँग नै गठबन्धन गर्नेमा विश्वस्त छन् ।

राष्ट्रपति बन्न तयार छु : बाबुराम भट्टराई

राष्ट्रपतिमा बाबुरामलाई अघि सार्ने प्रचण्डको तयारी, कांग्रेसको पनि समर्थन !

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्