Logo

लुम्बिनी गौचरन जस्तै छ रे : पर्यटन मन्त्री किराँती



काठमाडौं, १५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी गौचरन जस्तै रहेको सुनेको बताएका छन्।

उनले आज मन्त्रालयमा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारीहरूसँगको छलफलमा आफूअहिलेसम्म पनि लुम्बिनी नपुगेको बताउँदै लुम्बिनी गौचरन जस्तै रहेको सुनेको बताएका हुन्।

मन्त्री किराँतीले बुद्ध जन्मेको ठाउँ फोहोर भएको सुन्नमा आएको भन्दै पदाधिकारीहरुलाई भने, ‘म अहिलेसम्म लुम्बिनी पुगेको छैन। तर चीनको एउटा मिटिङमा लुम्बिनी धेरै फोहोर भएको गुनासो आएको थियो। पहिले सुन्ने ठाउँमा मात्रै थिए। अब काम गर्ने ठाउँमा नै छु। बुद्ध जन्मेको पवित्र थलोमा फोहोर भयो भनेर चीनले भन्नुपर्ने अवस्था किन?’

उनले थपे, ‘तपाईंहरूले दिएको रिपोर्टमा म सन्तोष छैन। लुम्बिनी गौचरन जस्तै छ रे! राज्यले पत्याएर पदाधिकारी पठाएको हो। अब मलाई क्यालेन्डर अनुसार काम चाहियो। अब विकासको नाममा लापरवाही गर्न मिल्दैन। काममा केही तलमाथि भयो भने आफैं फाइल बनाएर सम्बन्धित ठाउँमा जानेछु।’



प्रतिक्रिया दिनुहोस्