Logo

रास्वपाको निर्णायक बैठक सुरू, सरकारमा रहने वा नरहनेबारे निर्णय लिईने



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टी कार्यालय, वसन्धुरामा बैठक सुरु भएको हो । आजको बैठकले सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिईने बुझिएको छ । गृहमन्त्रालय आफ्नो दलले पाएकोले पूनः आफू नै गृहमन्त्री बन्नुपर्ने सभापति रवि लामिछानेको अडान थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय दिन नसकिने अडान लिएका छन् । प्रधानमन्त्री दाहालको पछिल्लो कदमबाट सभापति लामिछाने रुष्ट छन् । उनले आजसम्म मात्रै आफ्नो मौनता रहने बताएका छन् । सरकारबाट तत्कालै बाहिरिने लामिछानेको मुड छ ।

तर, पार्टीभित्र भने यसबारेमा पनि दुई धार देखिएको छ । कतिपयले हिजो के कारणले सरकारमा सहभागी भएको हो ? अहिले के कारणले बाहिरिने हो ? भन्नेबारे स्पष्ट पार्नुपर्ने आवाज उठाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्