काठमाडौं । सत्तारुढ तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन् । तर हालै सत्ताबाट बहिर्गमन भएको एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
मुख्यमन्त्री शाहले केहीबेरमा बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदैछन् । उनले एमालेका ११ कांग्रेसका १८ र नाउपाका ७ सांसदगरि सुविधाजनक बहुमत रहेको छ । उता नेकपा माओवादी र हालै सत्ताच्यूत नेकपा एकीकृत समाजवादीले भने विपक्षमा मतदान गर्ने भएका छन् ।




प्रतिक्रिया