ऋषि धमलासँग विद्याको प्रतिक्रिया : म रोकिनेवाला छैन, अब देशव्यापी कार्यक्रम लिएर निस्किन्छु


काठमाडौं, ७ साउन । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले भने आधिकारिक रुपमा ढोका बन्द गराउने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटीको नवौं बैठकमार्फत भण्डारीलाई राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीको पार्टी सदस्यता नवीकरण होल्डमा राखेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीको दुई दिन बसेको बैठकमार्फत विद्यालाई रोक्न सफल भएका छन् । एमालेले विद्याको सदस्यता नवीकरण नै रद्द गरेको निर्णय गरेको छ । यसले भण्डारी पँक्ति पूरै निराश भएको छ ।

तर, स्वयम भण्डारी भने आफ्नो पाईला नरोकिने निश्कर्षमा पुगेकी छिन् । आज विहान पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भण्डारीले आफू नरोकिने स्पष्ट पारिन् । उनले अब आफू देश दौडाहामा निस्किने घोषणा गरिन् । उनले भनिन्,‘मैले सक्रिय राजनीतिमा आउने घोषणा गसिकेको छु । अब जिल्ला जिल्लामा कार्यक्रम लिएर जान्छु । म रोकिनेवाला छैन ।’ उनले आफू सकारात्मक सोच बोकेर सक्रिय राजनीतिमा होमिएको भन्दै आफ्नो पाइला नरोक्ने उद्घोष गरिन् । file photo