काठमाडौं, २४ साउन । कैलाली कारागारमा कैदीबन्दीहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । कैदीबन्दीहरुको झडपको क्रममा एकको निधन भएको छ । अहिले कैलाली कारागारको विषयमा छलफल गर्नको लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाएका छन् ।
अहिले सिंहदबारस्थित् गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरु भेला भएका छन् । केहीबेरमै छलफल सुरु हुने जनाईएको छ । कैलाली कारागारमा गएराति नै कैदीबन्दीहरुबीच झडप भएको हो । एक जनाको निधनसँगै झण्डै ५० जना कैदीबन्दीहरु सख्त घाईते भएका छन् ।उनीहरुको धनगढीमा उपचार भएको छ । कैदीहरुले नै कारागार निन्त्रणमा लिएको समाचार बाहिरिएको छ । प्रशासनले भने घट्नाबारे स्पष्ट पारिसकेको छैन ।




प्रतिक्रिया