काठमाडौं, २५ भदौ । जेन–जी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको घर जलाएका छन् । जेन–जी प्रदर्शनकारीहरुले घट्टेकुलोस्थित राइको घरमा आगजनी गरेका हुन् । आगजनीबाट राईको घर जेलेर पूर्ण रुपमा क्षति भएको छ ।
गत सोमबारबाट सुरु भएको जेन–जी प्रदर्शनमा प्रहरीले दमन हुँदा २२ जनाको ज्यान गएको थियो । जेन–जी प्रदर्शकारीहरुको मृत्युपछि आक्रमक बनेका प्रदर्शनकारीहरुले विभिन्न नेताहरुको घर, सार्वजनिक सम्पत्ति र प्रहरी चौकीहरुमा तोडफोड र आगजनी गरेका छन् ।




प्रतिक्रिया