काठमाडौं, २५ भदौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । नेपाली सेनाका अनुसार उनीहरुलाई विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा पक्राउ गरिएको हो । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात नेपाली २ लाख, ३२ हजार ५ सय र अमेरिकी डलर २ हजार ५ सय छाडेर भागेको पनि नेपाली सेनाले जनाएको छ ।
त्यस्तै, जेन–जी प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट लुटिएका ३२ नाल हतियार बरामद भएको पनि सेनाले जनाएको छ । त्यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरुमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको र काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको सेनाले जनाएको छ ।




प्रतिक्रिया