काठमाडौं, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विषम परिस्थितिका कारण मिति २०८२ । ५ । २४ बाट बन्द गरिएका हवाई उडानहरुलाई आज मिति २०८२।५।२५ मा बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’
हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसंग सम्पर्क गरी उडान समयको जानकारी लिई विमानस्थल आउजाउ गर्न भनिएको छ । यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत भनिएको छ ।




प्रतिक्रिया