काठमाडौं २५ भदौ । रवि लामिछाने नेतृत्वको रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज राति ८ बजे भर्चुअल माध्यमबाट बैठक बोलाईएको प्रवक्ता मनिष झाले जानकारी दिए । जेन-जी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।सहकारी ठगी प्रकरणमा पूर्पक्षको लागि जेलमा रहेका सभापति रवि लामिछाने हिजो नै निस्किएका छन् ।
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । नेपाली सेनाले नयाँ ढंगले अघि बढ्नको लागि सम्पूर्ण जिम्मा लिएको छ । आज प्रधानसेनापति अशोकराज सिग्देलले जंग्गी अड्डामा जेन-जी का प्रतिनिधिहरुसँग वार्ता गरेको बताईएको छ । तर, उक्त वार्तामा दुर्गा प्रसाईंपनि एउटा सम्बन्धित पक्ष हो भनेर निम्तयाईएपछि जेन-जी का प्रतिनिधिहरु बाहिरिएको बताईन्छ । file photo




प्रतिक्रिया