काठमाडौं, २५ भदौ । जेन जी पुस्ताको प्रदर्शनपछि उत्पन्न परिस्थितिबारे नेपाली सेनाले कसरी जाने भनेर सरोकारवाला पक्षधरसँग छलफल अघि बढाएको छ । सेनाले जेन जी पुस्ताका प्रतिनिधिहरुसँग गम्भीर वार्ता गरिरहेको छ । जेन जी पुस्ताको माग अहिलेको संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्नु रहेको भनिएको छ ।
उनीहरुले आफूहरुले अघि सारेको साझा व्यक्तिको नेतृत्वमा मुलुक अघि बढ्नुपर्ने अडान राखेको कुरा पनि बाहिर आएको छ । अहिले जेन जी हरुको तर्फबाट साझा व्यक्तित्व र अब देशको नेतृत्व गर्नसक्ने भनेर पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम आएको छ । कार्कीको नाम अबको नेतृत्वको लागि लोकप्रियताको शीर्ष स्थानमा रहेको भनिएको छ।
कार्कीपनि जेन जी पुस्ताको प्रदर्शनमा भएको प्रहरी दमनको विरुद्धमा हिजो सडकमा आएकी थिईन् । कतिपयले अन्तरिम सरकारको नेतृत्वमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको नाम अघि सारेका छन् । तर, आजसम्म बालेन त्यसको लागि तयार नभइसकेको भनिएको छ । बालेनले पनि सुशिला कार्कीको नाममा सहमति जनाउनसक्ने चर्चा छ । नेपाली सेनाले आजबाट अबको निकासको लागि निरन्तर छलफल थालेको छ । file photo/RSS




प्रतिक्रिया