सुशिला कार्कीलाई मैले र बालेनले कहाँ समर्थन जनायौं र ? : हर्क साम्पाङ


काठमाडौं, २५ भदौ । धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकारको नेतृत्व लिने रुचि राखेका छन् । युवाहरुको आव्हानमा देश संकटमा परेको बेला निकासको लागि काठमाडौं आएको उनको भनाई छ । जंग्गी अड्डामा आज प्रधानसेनापति अशोकराज सिग्देलसँगको वार्तापछि उनले सुशिला कार्कीको नाममा आफ्नो र काठमाडौंका मेयर बालेन शाह दुवै जनाको समर्थन नरहेको दाबी गरेका छन् ।

उनले फेशबुकमार्फत कार्कीको नाममा आफ्नो समर्थन नरहेको भनेका छन् । उनले युवाको साथ रहे आफू नेतृत्व गर्न तयार रहेको पनि स्पष्ट पारेका छन् । अहिले जेन जी ले अन्तरिमक सरकारको नेतृत्वको लागि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम प्रस्ताव गरेको बताईन्छ।