काठमाडौं, असोज १४ । । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्ना बुढा बुबा–आमालाई जिउँदै जलाएर मार्ने प्रयास गर्नेलाई देशभर हिँड्न नसक्ने हालतमा पु¥याउने चेतावनी दिएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले दशैंको मुखमा घरबारबिहिन बनाउनेलाई कानुन हातमा लिएर नभई कानुन साथमा लिएर ठीक पार्ने चेतावनी दिएका हुन् । बालेन, भिक्टर कुमार, केपी खनाल, राजिब, बिरेन्द्र लगायत साइबर सेना लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले पाइपाई हिसाब गरेर चुनचुनके बदला लिने धम्की दिएका छन् ।
बस्नेतले फेशबुकमा लेखेका छन्–
१। जेन्जी सेना उठाएर घर जलाउन लगाएर ध्वस्त पारिस
२। मेरा बुढा बुबा आमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिस्
३। मेरो श्रीमतीलाई मार्न खोजेउ पहिचान नखुलेर बालबाल बचिन्
४। बालेन सेना लगाएर मेरा छोराछोरीलाई नेपो बेबी भनेर बदनाम गराइस५। बालेन भिक्टर कुमार केपी खनाल राजिब बिरेन्द्र लगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर मेरो चरित्र हत्या गरेर अनेक गर्न लगाइस्।
६। हजारौं व्यक्तिलाई फोन गर्न लगाएर मार्छु भन्दै धम्काउन लगाइस।
७। अहिले दशैंको मुखमा घरबार बिहिन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घर परिवारमा आतंक र रुवाबासी गरिस।
८। यो कुकर्म मलाई मात्र होइन हजारौंलाई गर्न लगाएका छौ।
ए बालेनको चेलो कान खोलेर सुन।
तिमीहरूको पाइपाई हिसाब हुन्छ र चुनचुन के बदला लिन्छु याद गर ।
देश भर हिडन नसक्ने हालतमा पुग्नेछस।
कानुन हातमा लिएर होइन कानुन साथमा लिएर तलाई ठिक पार्नेछु।




प्रतिक्रिया