माओवादी केन्द्रको सचिवालय बैठक बस्दै


काठमाडौं, असोज २० । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने जनाइएको छ ।