रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका चार एजेन्डा


काठमाडौं, असोज २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा छलफलका लागि प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश गरिएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ । बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गर्ने तयारी रहेको छ ।