विदेशस्थित् नेपाली राजदूतहरुसँग प्रधानमन्त्रीको भर्चुअल बैठक


काठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका विभिन्न नेपाली राजदूत र नियोग प्रमुखहरुसँग आज भर्चुअल सम्वाद गरेकी छिन् । परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्री कार्कीले सो बैठक गरेकी हुन् ।

बैठकमा नेपालबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदशीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार अजयभद्र खनाललगायतको सहभागिता रहेको थियो ।

जेन–जी आन्दोलनपछि बनेको सरकारले पहिलोपटक विदेशस्थित् नेपाली राजदूतहरुसँग आज सामूहिक छलफल गरेको हो । अहिले परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्री कार्कीले नै गरिरहेकी छिन् ।