एमालेको युवा संघलाई भोलिको मोटरसाईकल र्याली निकाल्न प्रशासनको रोक


काठमाडौं, २४ अुसोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि कुनैपनि किसिमको मोटरसाईकल रा्यली तथा सभा गर्ने अनुमति नदिएको स्पष्ट पारेको छ । आज प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो प्रष्ट पारेका हुन् ।

नेकपा (एमाले) निकट युवा संघले भोलि काठमाडौंमा बृहत्त मोटरसाईकल र्याली निकाल्ने घोषणा गरिसकेको थियो । यही सन्दर्भमा काठमाडौंं प्रशासनले सभा र मोटरसाईकल र्यालीको लागि अनुमति नदिएको स्पष्ट पारेको हो । यस्ता र्याली, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चूनौति बढाउन सक्ने प्रशासनको ठम्याई छ । अब यस्ताखाले कार्यक्रमको लागि कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको स्पष्ट पारिएको छ ।