काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेताहरु शितलनिवास पुगिसकेका छ्न । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शितलनिवासको सर्वदलीय बैठकमा सहभागी भएका हुन् । पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकबाट गगन थापा सिधै शितलनिवास पुगेका हुन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुनले सहभागिता जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने आज अपरान्ह सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए । प्रचण्डले नै वर्षमानलाई सर्वदलीय बैठकमा पठाएका हुन् । उता, नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल शितलनिवास पुगेको बताईन्छ ।




प्रतिक्रिया