सर्वदलीय बैठक सुरू, को-को सहभागी छन् ?


काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित उनी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरु सहभागी रहेको बैठकमा प्रायः सबै दलका नेताहरुको सहभागिता रहेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको सन्दर्भमा राष्ट्रपतिले दलहरु र सरकारबीच सम्वाद बढाउनको लागि आजको बैठक बोलाएको बताईएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीलाई बोलाएर राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउन भनेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले अहिले राष्ट्रपतिले नै पहल लिईदिनुपर्ने सुझाव राखेकी थिईन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा सहभागी छन् । यस्तै, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महामन्त्री शंकर पोखरेल सहभागी छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन उपस्थित् छन् । रास्वपाबाट डिपी अर्याल, जनमत पार्टीबाट डा. सिके राउत, जसपाबाट रेणु यादव, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् । तस्विर : प्रम सुशीला कार्कीको सचिवालय