नेपाली सेनाको अपिल : छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले पहलता लिएका छौं (विज्ञप्तीसहित)


काठमाडौं, २४ असोज । नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्नसक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ आवश्यकत्ताअनुसार पहलता लिएको स्पष्ट पारेको छ ।

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्धतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरुबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्तसमेत गरेको छ ।

अहिलेको संवेदनशील अवस्थामा विभिन्न मिडियामा र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारको टिकाटिप्पणी र धारणाहरु सम्प्रेषण भएकोमा पनि नेपाली सेनाले ध्यानाकार्षण भएको जनाएको छ ।