काठमाडौं, असोज २५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेन-जी आन्दोलनको नाममा विदेशी हस्तक्षेप र चलखेलले देश ध्वस्त भएको बताएका छन् ।
सुशासन, समाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाजस्ता न्यायोचित र स्वागतयोग्य माग र भ्रष्टाचारविरुद्धको आवाज बोकेर सडकमा आएका जेनजी पुस्तालाई अघि सारेर जेनजीको उदेश्यविरुद्ध फाइदा उठाउँदै छिमेकी मुलुक र शक्ति राष्ट्रले नेपाललाई गाजा र प्यालेस्टाइन बनाउन खोजेको उनको भनाई छ ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने ‘नेपाली बहष’ कार्यक्रममा बोल्दै उनले नक्कली नेपाली नागरिक बनेर बसेका र विदेशी एजेन्टको मिलेमतोमा संसद्, सिंहदरबार र सर्वाेच्व अदालत जलाएर देश ध्वस्त पारेको बताए ।
उनले भने, जेनजी पुस्ता समान्य नेपालीको न्यायोचित माग बोकेर सडकमा आएका थिए । तर, त्यसैलाई बहाना बनाएर नेपाली जनताका दुश्मनहरु, शक्ति राष्ट्रका एजेन्टहरु, नक्कली नेपाली बनेर बसेकाहरु यहाँका शासकहरुको नालायकीपनको फाइदा उठाएका छन् । यस्तो अवस्था अहिले मात्रै होइन् यसअघि राणाहरुलाई सत्तामा ल्याउने बेलामा विदेशीले गरेकै हुन् । भदौ २३ र २४ गतेको घटना विदेशी शक्तिले देशको सार्वभौमिकता, स्वाधीनता र अखण्डतामाथीको गरेको प्रहार हो ।’
नेपालको भूराजनीतिबाट फाइदा उठाएर आफ्नो रोटी सेक्न विदेशी शक्तिले ठुलो खेल खेलेको उनले बताए । जेनजी पुस्ताको माग बमोजिम अन्तरिम सरकार बनेपनि ६६ वर्ष पहिले तिब्बतबाट लखेटिएका दलाई लामाले सरकारलाई दिएको शुभकामना संदेशको अर्थ गहिरो र लामो रहेको उनको भनाई छ ।




प्रतिक्रिया