काठमाडौं, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएको छ ।
जेन-जी युवाहरुसँग छलफलमा रहेको बेलामा नै राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएको हो ।
वार्तामा बसेको बेलामा नै चक्कर लाग्ने र बान्ता आएपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
अहिले स्वास्थ्य जाँच (टेस्ट) गरिएको छ । अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।




प्रतिक्रिया