नेकपाको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै


काठमाडौं, असोज २६। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे कपिलवस्तुस्थित शिवगढीमा बस्ने भएको हो ।

बैठकमा जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।